भूमिराज मावि ढोलेको प्रधानाध्यापकमा दलबहादुर बोहरा नियुक्त

Image

बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेस्थित भूमिराज माध्यमिक विद्यालयको प्रधानाध्यापकमा दलबहादुर बोहरा नियुक्त भएका छन् ।

शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बोहरालाई प्रधानाध्यपकमा नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानाध्यापक दलबहादुर बोहराले विद्यालयको चौतर्फी विकासका लागि आफू लागीपर्ने बताउनुभयो । यसका लागि विद्यार्थी, अभिभावहरुको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्