जिल्ला अस्पताल बैतडीमा जटिल हाड-जोर्नीको शल्यक्रिया सेवा सुरु

Image

बैतडी: जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । काटेको रुख ढलेर खुट्टामा परेपछि दोगडाकेदार गाउापालिका– ३ का एक पुरुषको घुाडामुनिको दुबै हड्डीको सानो चिराबाट हाड–जोर्नीको जटिल शल्यक्रिया भएकाे हाे।

यसअघि जिल्ला अस्पतालमा यो सेवा नभएपछि बाहिर पठाउनुपर्ने अवस्था थियो । तर यसपटक भने जिल्ला अस्पतालका हाडजोर्नी विषेशज्ञ  दीपेन्द्र भण्डारी र जनरल फिजिसियन अरविन्द जोशी लगायतकाको टोलीले उक्त शल्यक्रिया बैतडी अस्पतालमै गर्न सफल भएका हुन् ।

सानो चिरा पारेर (क्लोज रिडक्सन एन्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नेलिङ) गरिने शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका प्रमुख एवंम सल्यक्रिया टोलीका सदस्य डाक्टर अरविन्द जोशीले बताए । ‘हाम्रो टिमको मिहिनेतले अप्रेसन सफल भयो,’ उनले भने, ‘बैतडी अस्पतालमै यस्तो अप्रेसन गर्न सकिन्छ भन्ने उदाहरण दिन सक्याौ, अब जिल्ला अस्पतालमै सेवग्राहीलाई यो सेवा लिन सहज हुने भयो ।’

यस अघि चिरेर रड राख्ने गरिन्थो, जसका कारण विरामीलाई धेरै समयसम्म हिडडुल गर्न समस्या हुने गरेको उनले बताए । सोही शल्यक्रियाका लागि अन्य सरकारी अस्पतालमा ७० देखि ८० हजार रुपैयाँसम्म लाग्ने गरेको भएपनि बैतडी अस्पतालमा ५० हजार भन्दा कममै शल्यक्रियाको काम सम्पन्न भएको  जोशीले बताए ।

सरकारले ५० शैय्याको दरबन्दी स्वीकृत गरी कर्मचारी र उपकरण व्यवस्थापन गरे बैतडी अस्पतालबाटै अन्य उपचारात्मक सेवा दिन सकिने सूचना अधिकारी पन्तले बताए ।
May be an image of hospital
प्रतिक्रिया जनाउनुहाेस्