बैतडीको पाटन नगरपालिका-९ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय भवनमा वडा स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरूलाई सो खोपबारे अभिमुखिकरण कार्यक्रम गरि जानकारी गराइएको हो ।
कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरेका इन्चार्ज प्रकाश भट्टले जानकारी दिनुभयो । सो खोपबारे खोप समन्वय समितिका पदाधिकारीलाई जानकरी गराइएको उहाले बताउनुभयो ।
यस वडामा रहेका विधायलयमा अध्ययनरत कक्षा ६ का किशोरीहरूलाई सो खोप लगाइने छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया जनाउनुहाेस्























