बैतडीः बैतडीको पाटन नगरपालिका–८ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिवार प्रजापति महराको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
यस कमिटीले टोटोलमा गएर निर्वाचनको लागि प्रचारप्रसार गर्ने पाटन नगरस्तरीय निर्वाचन परिचालन कमिटीका इन्चार्ज धर्म सिंह ऐर (कपिल)ले जानकारी दिए ।
निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा निर्वाचन परिचालन नगर कमिटी इन्चार्ज कपिलसङ्गै नगर कमिटी सचिब देव देवदत्त भट्टराई, नगर कमिटी उपाध्यक्ष गोपाल भाट,नगर युवा इन्चार्ज मान सिंह बिष्ट, नेकपाबाट निर्वाचित वडा न ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं.९ का अध्यक्ष कालू सिंह भाटसहित कार्यकर्ताहरुको सहभागिता थियो ।
प्रतिक्रिया जनाउनुहाेस्






















