सेनाद्वारा ऐतिहासिक पिपल चौतारो निर्माण

Image
default

बैतडी:नेपाली सेनाले बैतडीको देवलहाटमा रहेको एतिहासिक पिपल चौतारोलाई पुनः निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाल एकीकरणकाली इतिहाँस बोकेको उक्त पिपल चौतारी पुनः निर्माण र त्यहाँ रहेको शिलालाई व्यवस्थित गरि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्मले स्थानीयलाई हस्तान्त्रण गरेको हो ।
शरथचन्द नगरपालिका– ४ देवलहाटमा रहेको यो चौतारो ऐतिहासिक रहेको र नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत पुनःनिर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले बताउनुभयो। यस्तै श्रीबक्स गुल्मले साेही ठाउँमा रहेकाे बामुनी बामुनी आमा मन्दिर जाने बाटो समेत निर्माण गरेको छ ।
नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाईँमा विरगती प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजक्रिया यसै पीपलको रुखमुनि गरिएको थियो । जुन कुरा यहाँ रहेको शिलालेखमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्