बैतडीमा पनि २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

Image

बैतडी: बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ। ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नारासहित दिवस मनाइएको हो ।

दिवसको अवसरमा गोठलापानी बजारबाट गढीसम्म प्लेकार्डसहितको र्याली आयोजना गरिएको थियो । दिवसको अवसरमा गढी चोकमा कोणसभाका साथै नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले सचेतनामूलक नमूना अभ्यास प्रदर्शन गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ बजेर २४ मिनेटमा ८.४ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति पुर्याएको थियो ।

भूकम्पका बिषयमा सचेतना फैलाउँदै भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्