पञ्चेश्वरमा एक विद्यालयको नाजुक अवस्थाःसहयोगको लागि सार्वजनिक अपिल

Image

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ को बिनायकमा रहेको कल्याणपूर आधारभूत विद्यालयले सहयोगको लागि सार्वजनिक अपिल गरेको छ । विद्यालयमा अध्यायन गरेका पूर्व विद्यार्थीहरुलाई विषेशगरी सहयोगको लागि आग्रह गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक तथा भौतिक पूर्वाधर विकासको लागि सहयोग गर्न आर्थिक श्रोतको अभाव रहेको जनाउदै सहयोगको लागि अपिल गरिएको उल्लेख गरिएको छ ।
कक्षा कोठा तथा खेलमैदान निर्माण÷मर्मत, पुस्तकलाय, कम्प्युटर, खेलकुद तथा शैक्षिक सामाग्रीहरु खरिदका लागि आर्थिक तथा भौतिक सहयोग अत्यन्त आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ ।
विद्यालयको विकासको लागि यस विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरु, शिक्षाप्रेमी, सामाजिक अगुवाहरु समक्ष सहयोग गरिदिन अनुरोध गरिएको हो । यहाँहरु सबैको सानो सहयोगले विद्यालयको लागि ठूलो सहयोग पुग्ने अपेक्षा पनि विद्यालयले गरेको हो ।
विद्यालयमा खासगरी कक्षा कोठाको अभाव र सार्वजनिक अपिलमा उल्लेख गरिएका अतिरिक्त क्रियाकलापका सामाग्रीको आवश्यकता रहेको विद्यालयका प्रद्यानाध्यापक राज बहादुर चन्दले बताउनुभयो । “पालिकास्तरबाट पनि सहयोग भएको नै हो, तर विद्यालयको सर्वाङ्गिण विकासको लागि केही अत्याआवश्यक सामाग्रीको पनि खाचो छ, हालै नयाँ व्यवस्थापन समिति गठन गरिएको छ, सोही समितिले यो पहल थालेको हो, यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुबाट सहयोग जुटाउन यो अपिल जारी गरिएको हो,” प्रअ चन्दले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्