एमाले बैतडीद्वारा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिश

Image

बैतडी: नेकपा एमाले बैतडीले प्रतिनिधि सभा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिश गरेको छ ।

आगामी फागुन २१ गते हुने चुनावका लागि समानुपातिकतर्फ जिल्लाबाट तीन जनाको नाम सिफारिश गरिएको हो ।

जिल्ला अध्यक्ष नरेश विश्वकर्मा, प्रदेश कमिटि सदस्य सरस्वती नेपाली र एमालेका पूर्व केन्द्रीय सल्लाहकार मोहन थापाको नाम सिफारिश गरिएको नेकपा एमाले जिल्ला कमिटी बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

पार्टीबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला कमिटिका पदाधिकारीहरुको बैठकबाट तीन जनाको नाम सिफारिश गरिएको तीनै जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।
यस्तै प्रत्यक्ष तर्फका उम्मेदवारको नाम यहि पौष २० गतेसम्म टुंगो लगाउने एमाले बैतडीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्