बैतडी: नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट बैतडीका तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दामोदर भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका विजयी भएका हुन् ।
निवर्तमान उद्योग बाणिज्य .तथा आपुर्ति मन्त्री समेत रहेका दामोदर भण्डारी १ हजार ३२५ मत ल्याएर खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् भने लिलाधर भट्ट १ हजार १५० मत ल्याएर सुदूरपश्चिम भुगोलबाट खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
यस्तै गोविन्द गिरी १ हजार ५५५ मत ल्याएर सुदूरपश्चिम भुगोलबाट यूवा केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्





















