नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जनताको अधिकारलाई बलीयो बनाउने लक्ष्यसहित जनताको माझमा आएको बताएका छन् । बैतडीको गोठालापानीमा बिहीबार जिल्ला स्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।
“देशलाई सुशासन, राजनितिक स्थायित्व र बिकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताको माझमा आएको छ । ”नेता रावलले भन्नुभयो “संविधानमा भएका कम्जोरीहरुलाई सुधार गरेर सुसाशन कायम गर्न र भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा ल्याउन हामी तयार छौ ।”
नेता रावलले यहाँ भएको जमिन बाँझो राखेर हजारौ युवाहरु रोजगारीका लागि विदेशीने गरेको बताउनुभयो । “देश बनाउने युवा पंक्ति प्रत्येक वर्ष खाडी पसिरहेका छन्” डाक्टर रावलले भन्नुभयो “यो परिस्थितीलाई बदल्न र विगतमा भएका कमीकमाजेरीलाई सधुार गरेर १६ घटक एक भएर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेका हौँ ।”
यस्तै नेता रावलले देशको स्वाधीनताको रक्षा गर्न तत्कालीन केपी ओलि नेतृत्वको सरकार कमजोर रहेको आरोप समेत लगाउनुभयो ।





















