बैतडीः बैतडीको पाटन नगरपालिका–९ विजयपुर स्थित ज्ञानेश्वर माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालयले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गर्दै आफ्नो ५१ औं वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
विद्यालयका विभिन्न कार्यक्रमहरु समेट्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको प्रधानाध्यपक पुष्पराज जोशीले जानकारी दिनुभयो । प्रअ जोशीले ५ करोड बराबरको आर्थिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालन गरेका बिद्यागत क्षेत्रका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान समेत गरेको थियो । अध्यक्ष अक्षय कोष र पृत्रीदेब अक्षय कोषबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान गरिएको प्रधानाध्यपक जोशीले बताउनुभयो ।
पाटन नगरपालिका–८ का सतिस बिष्टद्धारा स्वर्गिय श्रीमती पबित्राको सम्झनामा एक लाख ११ हजार १११ रुपैया बराबरको अक्षय कोष स्थापना गरेका छन् । यसैगरी पाटन ८ कै जयराज र जगदिश भट्ट दाजुभाईद्धारा ३० हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ ।
यसैगरी ज्ञानेश्वर माविमा कार्यरत भरत बहादुर कुँवरले पाटन नगरपालिकाले जारी गरेको पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयारी गरेका छन् । उक्त पुस्तक पनि आजै विमोचन गरिएको छ । शिक्षक कुँवरप्रति अतिथिहरुले प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले उक्त पुस्तक नगरपालिका भरी लागु गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।
यसैगरि भूतपूर्व विधार्थी सुरेन्द्र भण्डारीको सयोजकत्वमा भूतपूर्व विधार्थी समाज गठन गरिएको छ । यस समितिले ४ महिना भित्र नयाँ समिती गठन गर्ने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका–८ का वडाअध्यक्ष हरिश बिष्टको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरउपप्रमुख बोहरा, बिशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट लगायतको उपस्थीति रहेको थियो ।























