बैतडीमा चितुवा पासोमा पर्‍यो

Image
बैतडी: बैतडीमा चितुवा पासोमा फसेको छ । जिल्लाको सिगास गाउँपालिका-२  धौलाडी , भिमराडीमा जंगली स्थानीयहरुले थापेको पासोमा पासोमा चितुवा फसेको हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन बर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । गएराति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उहाँले बताउनुभयो ।
अहिले  सिगास सब डिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोलि खटिएको छ। अगाडिको पट्टीको दायाँ खुट्टा पासोको फसेको सिगास सब डिभिजन बन कार्यालय गाजरीका रेन्जर चन्द्र सिह धामीले जानकारी दिनुभयो ।
चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसंग समन्वय भैरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि  जनशक्ति र स्रोतसाधन नहुदा समस्या हुने गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्