घरबार विहिन जानकी छिमेकीको घरमा किरिया बस्दै, परिवार बिचल्लीमा

Image

सुरेश महरा
मंसिर २६ गते, बैतडी,
घरबार बिहिन भएकी बैतडीको सुर्नया गाउँपालिका ४ की जानकी महरा छिमेकीको घरमा स्वर्गीय श्रीमानको घरमा किरिया बसीरहेकी छन् । यही मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि नै श्रीमान महराले घरजग्गा सबै बेचेको हुनाले अहिले किरिया समेत छिमेकीको घरमा बस्नु परेको जानकीले बताएकी छन् । अहिले छिमेकी दलजीत महराको घरमा किरिया बसीरहेकी छन् ।
आफन्तको सहयोगमा किरिया खर्च जुटाएर बसेकी जानकी बिचल्लीमा परेकी आफन्त गणेश महराले बताउनुभयो । यसअघि जानकीका श्रीमानले रातदिन कुटपिट गर्ने गरेको र घरबार सबै बेचेर श्रीमतीलाई घरबाट निकालेको उहाँले बताउनुभयो । अहिले श्रीमानको मृत्यु भएपछि काजकिरिया गर्न घर आएकी जानकी आफन्तको घरमा बसाएको उहाले बताउनुभयो । “यहाँका घरजग्गा केही छैन, सबै श्रीमानले बेचेका रहेछन्, अहिले किरिया गर्ने कुटी पनि नभएर समस्यामा छिन्, गणेश महराले भन्नुभयो, हामिहरुले सानोतिनो सहोग गरेका छौँ, अब बालबच्चा पढाउन र बस्ने समस्या भयो,” महराले भन्नुभयो । जानकीको घरमा सासुसुरा कोही छैनन् ।
श्रीमानको कुटाइ सहन नसकेर सेफ हाउसमा बस्दै आएकी थिईन। “मलाई श्रीमानले रातदिन कुटपिट गरेर घरबाट निकालेका थिए, त्यसपछि तीन छोराछोलाई लिएर सेफहाउसको सरणमा पुगेकी हु, यहाँ श्रीमानले सबै घरजग्गा बेचिदिएछन्, अब के गरु?,”

चरम आर्थिैक समस्यामा परेकी महराले सहयोगको अपिल गरेकी छन् । बालबच्चा हुर्काउन नै समस्यामा परेकी महरालाई सहयोग गरिदिन आफन्त सरिता भण्डारीले आग्रह गर्नुभयो ।
सासु ससुरा, दाईभाई कोही छैनन्, भोली के गर्ने र काहाँ जाने दोँसाँधमा हुनुहुन्छ, कसैले सहयोग गरे आभारि हुने थियौँ, स्थानीय सरकारले पनि यस्तालाई हेरिदिनु पर्ने हो, आफन्त भण्डारीले भनिन् ।
कोही कसैले सहयोग गर्ने इच्छा राखेमा निम्न नम्बर र खाता नम्बरमा सहयोग गर्ने सक्ने भण्डारीले आग्रह गर्नुभयो ।

फोन नं 9868718080

प्रतिक्रिया जनाउनुहाेस्