बैतडी: दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।
आइतबार बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उक्त भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्





















