बैतडी: बैतडीमा लागूऔषध चरेस मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ धौलकांडाकी ३५ वर्षीया भागा (भावना) धामी रहेकी छिन्।
जिल्ला अदालत दार्चुलाले लागू औषध चरेस मुद्दामा एक वर्ष सात महिना छ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेको थियो। भावना अहिलेसम्म फरार रहेकी थिइनन्। उनलाई बुधबार घर नजिकैबाट गोप्री सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
अदालतको जारी फैसलाअनुसार फरार रहेकी उनलाई आवश्यक कानुनी कारबाही तथा फैसला कार्यान्वयनका लागि बिहीबार(आज) जिल्ला अदालत बैतडीमा पेश गरिएको थियो । आजै फरार रहेकी धामीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार डडेल्धुरा कारागार चलान गरिएको प्रहरी निरीक्षक बडुले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्





















