चौतर्फी घेराबन्दीकाबीच बैतडीमा एमालेको वृहत जनसभा

Image

बैतडी,
बैतडीमा नेकपा एमालेले वृहत जनसभाको आयोजना गरेको छ । शनिबार जिल्ला सदरमुकाम गोठलापनीमा हजारौँ कार्यकर्ता उतारेर विशाल जनसभाको आयोजना गरेको हो । बैतडीसहित देशैभर एमालेलाई चौतर्फी घेराबन्दी भइरहेका बेला यस विशाल सभाले एमालेलाई दृढबन्न थप साहास भएको शीर्ष नेताहरुले बताएका छन् ।
बैतडीमै पनि स्थानीय तहमा एमोललाई घेराबन्दी भइरहेको थियो । यसबीचमा भएको वृहत जनसभाको आयोजनाले एमाले नेता तथा कार्यकर्ताहरुमा पनि विश्वास बढेको जिल्लस्तरका कार्यकर्ताहरुले बताइरहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले एमालेभित्रै पनि सुघ्रिनु पर्ने र युवाहरुलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड समेत दिइएको थियो । पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले युवाहरुको मनोभावनालाई कदर गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
दोगडाकेदार गाँपालिकाका अध्यक्ष चर्क कार्कीले कथित युवाहरुको नाममा पार्टीलाई घेराबन्दी गरिने प्रयास भइरहेकाबेला यस भेलाले जवाफ दिएको बताएका थिए ।
विशाल सभाका मुख्य वक्ता पूर्व मन्त्री दामोदर भण्डारीले देश विसम परिस्थितिमा गुज्रीरहेकाले एमाले पछि हट्न नहुनेमा जोड दिएका थिए । भाद्र २३ र २४ गतेको आन्दोलन देशीविदेशी सक्तिको घुसपैठका कारण देशले ठूलो क्षति व्यहोर्नूपरेको बताएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्