बैतडीको पन्चेश्वरमा दुई दिन सार्वजनिक बिदा

Image

बैतडी: बैतडीको पन्चेश्वरमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित धुरा कैलपाल मन्दिरमा धुरा मेलाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिए ।

कात्तिक २४ र २५ गते गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक सस्था, बैंक तथा बित्तीय सस्थाहरूमा बिदा दिने गरिएको गाउँपालिकाले जनाएको छ ।
यो मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा मेला लाग्ने स्थानीयहरुले बताएका छन् ।

कात्तिक २४ गते रतेडी र २५ गते दिउसेडी मेला हुने धुरा मेला व्यवस्थापन समितिले जनाएको छ । कैलपाल धुरा मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्