बैतडीको पञ्चेश्वर–५र६मा सडक सञ्जाल जोडियो, गाउँपालिकाबाट सेवा लिन सहज हुने

Image

बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा ५ र ६मा गाउँपालिकासँग जोड्ने सडकको ट्याक खुलेको छ ।
गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दका अनुसार गाउँपालिकाबाट वडा नं ५ र ६ को महाकाली करीडोरसम्म सडक निर्माण गरिएको हो ।

यससँगै दुवै वडाका नागरिकहरुका पालिका आवतजावत गर्न निकै सहज भएको छ । यसअघि दुवै वडाका नागरिकहरुलाई पालिकामा सेवा लिन आउदा घण्टौ समय लाग्ने गरेकोमा अब पालिका आउन निकै सहज भएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो । ‘यस क्षेत्रका सेवाग्राहीलाई पालिकामा सेवा लिन आउदा निकै असहज हुने गरेको थियो, अब सडक पुगेको छ, आधा÷एक घण्टामै पालिकासम्म आउतजावत गर्न सकिन्छ,’ अध्यक्ष चन्दले भन्नुभयो ।

यस सडकलाई स्तरवृद्धि गरिएमा जिल्ला सदरमुकाम दुई घण्टाको यात्रामा पुग्न सकिने उहाले बताउनुभयो ।

भिरालो चट्टानका कारण लामो समयदेखि सडक निर्माणका पहलकदमी जारी राख्दै आएको र हालआएर सफल भएको गाउँपालिका अध्यक्ष चन्दको भनाइ छ । ‘हार्ड रक थियो, दिनमा एक मिटर मात्रै काटिने गरिन्थ्यो, चट्टान फोड्नको लागि हेवी इक्वीकेन्ट्सको स्वीकृतीको लागि मन्त्रालय धाउदाधाउदै थाकेका हौँ, अन्ततः उपलब्ध श्रोत साधनले नै सडक पु¥याउन सफल भएका छौँ ।’ अध्यक्ष चन्दले भन्नुभयो ।

तीन महिना पहिले मात्रै यस क्षेत्रमा नविल बैंकले सामाजि सुरक्षा भत्ता प्रदान गर्नको लागि जिल्लाको पाटन हुदै देहिमाण्डौ भएर जानु परेको थियो ।

यससँगै पञ्चेश्वर गाउँपालिकाका सबै वडाहरुमा सडकको सहज पहुँच पुगेको छ । करिडोर निर्माणले तिब्रता पाएको अवस्थामा पञ्चेश्वरका नागरिकहरुको लागि निकै सहज हुने अपेक्षा गरिएको छ। पाटन–पञ्चेश्वर सडकखण्डको पञ्चेश्वर खण्डमा काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्