बैतडी: बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-३ धमकट्टेबाट सिन्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा आइतबार दिउँसो १ बजे सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिगास गाउँपालिका-३ धमकट्टे घर भएका सोही ट्याक्टरका साहु ७५ वर्षीय हरुवा साउँद रहेका छन् । उनका नाती अन्दाजी २० वर्षीय महेश साउँद घाइते भएका घटनास्थलमा रहेका स्थानीय खेमसिंह धामीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्लतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।
ओरालोमा ब्रेक फेल भएर अनियन्त्रीत भई दुर्घटना भएको अनुमान गरिएको छ ।
ट्याक्टर करिब ४० मिटर तल खसेको छ । ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका वडा नं २ का २५ वर्षीय डम्मर सिंह धामी फरार रहेका छन् ।





















