बैतडी,
बैतडीको पाटन नगरपालिकामा अनियमितता भएको भनिएका योजनाको छानबिन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीको संयोजकत्वमा गठन गरिएको समितिले आजदेखि छानबिन सुरु गरेको हो ।
नगरपालिकाले उपलब्ध गराएका योजनामाथि अनुगमन तथा छानबिन भइरहेको समिति संयोजक धामीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले छानबिन गर्न लगाएका वडा नं ६ कै ४ वटा योजना रहेका छन् । वडा नं ६ को उद्धम विकासको घर निर्माण योजना, कोसेली घर निर्माण योजना, सेफ हाउसको घेरपर्खाल र उदयदेव मन्दिरको पर्खाल रहेका छन् । केही एकदुई योजना अन्य रहेको र सोबारेमा खुल्दै जाने समन्वय प्रमुख धामीले बताए ।
घानबिन समितिमा समन्वय समिति प्रमुखसँगै कोलेनिकाका लेखा अधिकृत गोबिन्द रावल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर परशुराम साह रहेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्




















