बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिकालाई जेनजी समूहले २४ बुदाको विवरण माग गर्दै ज्ञापनपत्र पेस गरेको छ । गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दलाई २०७४ सालदेखिका विभिन्न बुदा किटान गर्दै सो सम्बन्धीका विवरण मागगरेको हो ।
यी मागका विवरणहरु एक हप्ताभित्र पुरा नभए आन्दोलन गर्न बाध्य हुने र यसको जिम्मेवार स्थानीय सरकार हुने उल्लेख गरिएको छ ।
स्थानीय सरकारलाई जवाफदेही बनाउन र शुसासन कायमको लागि विवरण माग गरिएको जेनजी समूहका अगुवा जय बहादुर चन्दले जानकारी दिए । सबै जेनजी युवाहरुसँग सल्लाह गरेर बुदा तयार पारेको उनले बताए ।
हेर्नुहोस् के के मागहरु अघि सारेका छन्, जेनजी समूहले ?



प्रतिक्रिया जनाउनुहाेस्




















