देहिमाण्डौ जात्रा हेरेर फर्किने क्रममा बसले ठक्कर दिदा एक महिलाको मृत्युु

Image

बैतडीमा बसको ठक्करबाट देहिमाण्डाै जात्रा हेरेर घर फर्किदै गरेकी एक महिलाको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्ग अन्तरर्गत जिल्लाकाे दशरथचन्द नगरपालिका- १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिदा स्थानीय भागरथी लुहारकाे घटनास्थलमै मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक रायले बताउनुभयाे ।

बस प्रहरीको नियन्त्रणमा हरेको रायले बताउनुभयो । बस चालक पनि सम्पर्कमा रहेकाे उहाँले बताउनुभयो । घटनाकाे बिराेधमा स्थानीयहरूले चक्काजाम गरेका छन् ।

पीडित पक्षसँग छलफल गरि राजमार्ग खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्