बैतडी: बैतडीका कारागार तोडफोड र आगो लगाएर कैदीबन्दी भागेका छन् । मंगलबार राति साढे ८ बजेतिर कारागारमा तोडफोड र आगजनी गरेर कैदीबन्दी भागेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
जिल्ला कारागार बैतडीमा विभिन्न मुद्दामा सजाय भोगीरहेका ६२ जना कैदीबन्दी रहेका थिए । उनीहरु सबै भागेका बताइएको छ ।
मंगलबार दिउँसोदेखि आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीहरुलाई रोक्नका लागि सुरक्षाकर्मीहरुले प्रयास गरे पनि असफल भएको बताइएको छ । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुन सक्ने चिन्ता थपिएको छ ।
मंगलबार देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका समाचार सार्वजनिक भएपछि बैतडी कारागारका बन्दी पनि उत्तेजित भएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्




















