बैतडीमा एक किशोरी मृत फेला

Image

बैतडी: बैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला परेकी छन् ।

सुर्नया गाउँपालिका–५ मडकी १८ बर्षीया झरना दमाई सुर्नया नदी किनारमा शनिबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

शुक्रबार घरबाट बजार जान्छु भनेर हिँडेकी झरना बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले प्रहरीलाई आग्रह गरेको थियो ।

बेपत्ताको झरनाको खोजी गर्दै जाँदा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्