बैतडीमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक

Image

बैतडी: बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

विपद्को जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो।अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुनेभएकाले जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताए ।

यो नियम आज रातिदेखि लागू हुनेछ।

यसका साथै विपदजन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन सबै जिम्मेवार निकायलाई अनुरोध समेत गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्