बैतडीका चार वटै नगरपालिकामा उपसचिवस्तरका नयाँ हाकिम

Image

बैतडी,
बैतडीका चार वटै नगरपालिकामा उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीको पाटन, पुर्चाैडी, मेलौली र दशरथचन्द नगरपालिकामा उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
दनपामा भुमि व्यवस्था मन्त्रालयका उपसचिव केशवराज सुवेदी, सोही मन्त्रालयमा रहेका टेकराज अर्याललाई पाटन नगरपालिकामा खटाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा रहेका उपसचिव मंगलबहादुर साहीलाई मेलौली नगरपालिकामा खटाएको छ । त्यसैगरी उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव सरोज कुमार पोखरेललाई पुर्चाेडी नगरपालिकामा खटाइएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्