बैतडी: डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका वडा न ५ का सुरेस साउद, सोही वडाका २३ वर्षका सुरेस पार्की, ४० वर्षकि तारा अवस्थी, ७२ वर्षकि कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।
घाइते हुनेमा नवदुर्गा-५ कि १८ वर्षकि सुसिला बिक, सोही वडाकी ४ वर्षकि बालिका प्रतिका पार्की, ४८ वर्षका चन्द बहादुर साउद, चालक समेत रहेका ३५ वर्षका राम बहादुर साउद, ४२ वर्षका गणेश बहादुर साउद, ४४ वर्षका प्रकाश बिक रहेका छन् ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन ।





















