डडेल्धुराको नवदुर्गा–५मा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

Image

बैतडी: डडेल्धुरामा जिप दुर्घटना हुदा ४ जनाको घटनासथलमै मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइतेहरुलाई डडेल्धुरा अस्पताल बठाइएको घटनास्थलमा रहनु भएका स्थानीय मन्दिर सिंह साउँदले जानकारी दिए । मृतक तथा घाइतेहरुको अहिले नै परिचय खुल्न नसकेको उनले बताए ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । जिपमा चालकसहित ९ जना सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्