बैतडीको पुर्चौडीमा पहिरोले एक घर पुरियो

Image

बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–४ चनकेल्लीका हिमालय बोहराको तीन तले ९ कोठे घर पहिरोले पुरिएको हो ।

शुक्रबार राति १२ बजेतिरको अबिरल बर्षा सँगै घरमाथिबाट खसेको पहिरोले बोहराको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । पहिरो खस्न लागेको थाहा भएपछि घरका मानिस बाहिर निस्केकाले मानवीय क्षति नभएको बताइएको छ ।

बोहराको गोठमा बाँधेका एक भैंसी, एक खसी पहिरोमा पुरिएर मरेका छन् । पुर्चाैडी नगरपालिका–४ का वडाअध्यक्ष दिलबहाुदर धानुकले घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री नष्ट भएका बताए ।

घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसीरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्