बैतडी: नेपालका बिशिष्ट महिलाहरुको फोटो प्रदर्शनी कार्यक्रममा बैतडीकी अधिकारकर्मी सरस्वती नेपाली पनि अटाएकी छन् ।
सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको आयोजनामा भएको सो कार्यक्रममा दलित तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील रहेकी सरस्वती नेपालीको तस्बिर फोटो प्रदर्शनीमा राखिएको हो ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी हलमा भइरहेको सो प्रदर्शनीमा देशका ३ सय महिलाभित्र नेपाली पनि अटाएकी हुन् । नेपाली समाजमा विशिष्ट योगदान दिएका लगभग ३ सय महिलाहरुका ऐतिहासिक र दुर्लभ फोटाहरु प्रदर्शनी गरिएका छन् ।
यो सम्मानले आफूलाई समाज र राष्ट्रप्रति थप जिम्मेवारी बोध भएको नेपालीले बताइन् । आगामी दिनहरुमा दलित अधिकार र महिलाको क्षेत्रमा काम हौसला मिलेको उनले जानकारी दिइन् ।
नेपालीले यसअघि अमेरिककाको जिएआरसी अवार्ड, अन्तर्राष्ट्रिय दर्नाल अवार्ड लगायत सम्मानहरु पाइसकेकी छन् ।
नेपालका बिशिष्ट महिलाहरुको फोटो प्रदर्शनी कार्यक्रम भदौ २ गतेदेखी ५ गते सम्म सञ्चालन भैरहेको छ ।





















