जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बैतडी: बर्षाका कारण पहिरो खसेपछी जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका-९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण गएराती करिब १ बजेतिर सडक माथी बाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध भएको यात्रु पृथ्वीराज अवस्थीले जानकारी दिए । सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयका अनुसार अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउने प्रयास भैरहेको छ । पहिरो सफा गर्न जेसिबीका लागि समन्वय भैरहेको उनले बताए  ।

बर्षातको समयमा बेला बेला सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्