पाटन–८ का वडा अध्यक्ष बिष्टद्वारा जन्मदिनको अवसर पारेर विद्यालयमा २५ हजारको अक्षयकोष

Image

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिस बिष्टले २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

जन्मदिनको अवसर पारेर वडा अध्यक्ष बिष्टले सोही वडाको जनता मावि आरुबाटामा २५ हजार रुपैया बराबरको ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना गरेका हुन् ।
जनता माविका विव्यस अध्यक्ष दिवान सिंह बिष्ट, प्रद्यानाध्यापक बिर्खराज अवस्थीलाई वडा अध्यक्ष बिष्टले उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त रकमबाट आउने ब्याज बराबरको रकम उक्त विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने छ ।

वडा नं ८ मा अध्यक्षको रुपमा निर्वाचित भएपछि कार्यभार समाल्दै बिष्टले आफुले पाउने सेवासुविधाबाट एक महिनाको पारीश्रमिकको रकम असहाय, गरिब, टुहुरा, जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिवद्धतासहितको निर्णय गरेका थिए ।

सोही प्रतिवद्धता अनुसार विद्यालयमा अक्षयकोष स्थापना गरिएको बिष्टले बताए । यसअघिका वर्षहरुमा यस वडामा रहेका विद्यलयमा हुने कार्यक्रमहरुमार्फत विद्यार्थीहरुलाई सहयोग रकम तथा शैक्षिक सामाग्री वितरण गर्ने गरेका थिए । यस वर्षदेखि अक्षयकोष स्थापना गरेका हुन् । आगामी वर्षमा अर्काे विद्यालयमा अक्षयकोष स्थापना गर्ने अध्यक्ष बिष्टले बताएका छन् ।

अध्ययनकै लागि पनि उपलब्ध गराएको सानो रकम टुहुरा, अनाथ, गरिब तथा असहाय बालबालिकाहरुका लागि महत्वपूर्ण हुन्छ भन्नेमा अध्यक्ष बिष्टले वि श्वास व्यक्त गरेका छन् ।

कक्षा ३ मा अध्ययन गर्दै गरेको उमेरमा बुवा गुमाएका वडा अध्यक्ष हरिस बिष्टले स्नातक तहको पढाइ सुरु गर्दा जेठो दाई गुमाएपछि स्नातक तहको पढाई पुरा गर्न पाएका थिएनन् ।

उक्त परिस्थितिबाट गुज्रीएका बिष्टले असहाय बालबालिकाहरुलाई सहयोगको भावना राख्दै वडा अध्यक्षमा निर्वाचित भएपछि बालबालिकालाई लक्षित गर्दै एक महिनाको तलव लक्षित बालबालिकाहरुलाई नै दिने निर्णय गरेका थिए ।

आफुले पनि सो अवस्थाको पिडाबोध गरेको हुनाले सहयोग गर्ने इच्छा पलाएको बिष्टले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्