बैतडीको सुर्नया र पञ्चेश्वरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

Image

बैतडी: बैतडीको सुर्नया र पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । बिहीबार सुर्नयामा बसन्त बहादुर धानुक र पञ्चेश्वरमा दल बहादुर धामी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई उक्त स्थानीय तहहरुमा खटाएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाका कर्मचारी तथा जनप्रतितिनिधीहरुले स्वागत गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्