बैतडी: बैतडीको सिगास गाउँपालिका वडा ६ मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । यही साउन ११ गतेदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरक्षक बलराम पाण्डेयले जानकारी दिए । सान्ती सुरक्षाको लागि उक्त क्षेत्रमा सहायक प्रहरी निरीक्षकसहित ८ जनाको प्रहरी टोली खटिएको उनले बताए ।
प्रहरी चौकी स्थापनाको लागि लामो समयदेखि पहल गरिदै आएको थियो । गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराउनदेखि गृह मन्त्रालयसम्म पटकपटक आग्रह गरिरहेका थिए । अन्ततः प्रहरी टोली वडा नं ६ को मोरिबगरमा बसेको र केहिदिनमा नै औपचारिक उद्घाटनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष धामीले बताए ।
भौगोलिकरुपमा टाढा रहेको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएपछि सामाजमा सान्ति सुरक्षा प्रदान गर्न मद्दत पुग्ने बताइएको छ । विपदका घटना बढी हुने क्षेत्र भएकाले पनि त्यस क्षेत्रमा हुने प्रहरीको उपस्थितिले सूचना आदानप्रदान, राहात तथा उद्धार लगायतका आधारभूत सेवा प्रवाहमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बैतडीको सिगास–६को मोरिबगरमा प्रहरी चौकी स्थापना



प्रतिक्रिया जनाउनुहाेस्

















