बैतडी:बैतडीको पाटन नगरपालिका-४ को जेउडेमा पहिरो जादा दशरथचन्द राजमार्ग अबरुद्ध बनेको छ । आज बिहान करिब ८:३० बजेको समयमा पहिरो जादा सडक अबरुद्ध बनेको स्थानीय अगुवा तिलक चन्दले जानकारी दिए ।
“बिहान करिब ८:३० को समयमा पहिरो गएको हो, अब समयमै जेसिबी मेसिन उपलब्ध भएमा १/२ घण्टामै सडक खुल्न सक्छ,” उनले भने ।
जेसिबी भर्खरै पहिरो गएको स्थानमा पुगेको र पन्छाउने काम भैरहेको सडक डिभिजन कार्यालय पाटनमा इन्जिनियर लिलाधर भट्टले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्





















