बैतडी:बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले घेरबार लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छनबिनको माग गर्दै विरोध स्वरुप झिकडे कार्यक्रम अन्तरगत नगरपालिकाको कार्यालयमा घेरबार लगाएको हो ।

यसअघि लेखाशाखामा उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा तालाबन्दी गर्दै उठाएका मागहरुमाथी छलनबिन गरिनुपर्ने भन्दै झिकडे आन्दोलन गरिएको जनाइएको छ । नगरपालिकामा भएका भनिएका अनियमितताका विषयमा छानबिन गर्नुपर्ने र दोषिलाई कारवाही गर्नुपर्ने माग अघि सार्दै बिरोधमा उत्रनु परेको एमाले नगरकमिटी अध्यक्ष धर्मराज भट्टले जानकारी दिए ।
पालिकामा यत्तीका विषय उठ्दापनी नगर प्रमुख समेत उपस्थित नहुनु अर्को दु:खद कुरा भएको एमाले नगरकमिटीको ठहर छ । नगरपालिकामा भएको भनिएका अनियमितताका कार्यक्रमहरुका विषय उल्लेख नै गरेर छनबिन हुनुपर्ने माग राखेको छ ।
यसअघि पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकबाट बिरोधका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको थियो । आइतबार पाटन नगरपालिकाको कार्यालयको गेटमा घेरबार गर्ने निर्णय गरिएका हो । त्यसैगरी पाटनमा भएको भनिएको अनियमितताका विषयमा छनबिन गर्न सम्बन्धित निकायसंग लगातार दबाब दिने पनि निर्णय गरिएको थियो ।
बैठकमा सहभागी प्रतिनिधिहरुले पाटनको छनबिन प्रक्रियालाई टुङ्गोमा नपुर्याएसम्म पछि हट्न नहुने बताएका थिए ।

के भएको थियो पाटनमा यसअघिका घटनाक्रम?
यही असार २६ गते पाटन नगरपालिकाको लेखाशाखामा तालाबन्दी गरिएको थियो । उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा आर्थिक अमियमितता भएको भन्दै लेखाशाखामा तालाबन्दी गरिएको हो ।बिना कागजात भुक्तानी भएको, काम सम्पन्न नभइकनै भुक्तानी दिइएको र अन्य विविध विषयमा अनियमितता भएको भन्दै लेखाशाखामा ताला लगाएका थिए ।
त्यसैदिन नगर उपप्रमुख गौरी सिंह रावलले तालाबन्दी खोलेर आवश्यक सहजीकरण गरिदिन माग गर्दै जिल्ला समन्वय समिती समक्ष पत्र पठाएका थिए । त्यसको भोलिपल्ट जिल्ला समन्वय समितीको कार्यालयमा समन्वय प्रमुख खगेन्द्र धामी, उपप्रमुख दमन कुवर, पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, कार्यकारी नारायण बिष्टलगायतका प्रतिनिधि सहभागी भएर नगर प्रमुख रावलभारत भ्रमणबाट फर्किए लगत्तै छनबिन समिती बनाउने सहमति गर्दै ताला खोल्ने सहमति भएको थियो ।
त्यसबिचमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको नगर कमिटीबाट यसविसयमा छानबिन गरिनुपर्ने भन्दै विग्यप्ती नै जारी भएको थियो । सार्वजनिक गरिएका विग्यप्तीमा उपप्रमुख बोहराले उठाएका मागका विषयमा छानबिन गरिनुपर्ने धारणा थियो । एमालेले भने प्रमुख जिल्ला अधिकारीलाई समेत ध्यानाकर्षण जनाउदै छानबिन गर्नुपर्ने भन्दौ ज्ञापन पत्र नै बुझाएको थियो ।
त्यसपछि असार २९ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिती प्रमुख, उपप्रमुख, पाटन नगरपालिकाका उपप्रमुख सहितका केही जनप्रतिनिधि सहभागी भएर जिल्लामा भएको सहमतिअनुरुप ताला खोल्ने धारणा आएको थियो । सोही समयमा नगरपालिकामा उपस्थित भएका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु पनि सहभागी रहेको र उनिहरुलाईपनि बोलाएर छलफल गरि अघि बढ्नुपर्ने माग उठेको थियो ।
तर प्रमुख जिल्ला अधिकारी उक्त छलफलमा सहभागी भएनन् । नगर उपप्रमुख बोहरापनी केही समय मात्रै बसेर बाहिरिए ।
त्यसपछि उपप्रमुखको अनुपस्थितिमा बसेको छलफलबाट लेखाको ताला खोलेर सहज वातावरण बनाउने समजदारी भएको थियो । नगरउपप्रमुख बोहरा आफुहरुको छलफलमा सहभागी नभएको भन्दै उपप्रमुखकै कार्यकक्षमा तालाबन्दी गरिएको थियो । त्यसयतादेखी उक्त ताला खुलेको छैन ।





















