बैतडी: बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । बुधबार पाटन बहुमुखी क्याम्पस, उदयदेव मन्दिर, पाटन खुल्ला मञ्च र इलाका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
डिभिवजन वन कार्यालय बैतडीबाट प्राप्त विभिन्न प्रजातीका एक हजार दुई सय बढी विरुवाहरु रोपण गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । नगरपालिकाका अन्य क्षेत्रहरुमा आगामी दिनमा वृक्षारोपण गरिने उपप्रमुख बोहराले बताए ।
श्रीखण्ड, रक्तचन्दन, अमलालगायतका विभिन्न प्रजातीका बिरुवाहरु रोपण गरिएको हो । क्याम्पस परिसरमा विभिन्न प्रजातीका एक सय बढी बिरुवाहरु रोपण गरिएको पाटन बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सन्जु भण्डारीले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा नगरउपप्रमुख बोहरासहित पाटन बहुमुखी क्याम्पस प्रमुख विनोद भण्डारी, इलाका प्रहरी कार्यालय पाटनका प्रमुखसहितको उपस्थिीती रहेका थिए ।





















