बैतडीमा जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित

Image

बैतडी: बैतडीमा जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । यहाँको मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली बँदेल,दुम्सी, बाँदर, जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।

नगरपालिकाका विभिन्न स्थानमा जंगली बँदेलले मकैबाली नष्ट गरेको पुर्चौडी-७ ऐरीगाउका स्थानीय पुरनसिंह ऐरले बताए । रातभरी जाग्राम बस्दा समेत मकैबाली जोगाउन मुस्किल भएको उनले बताए ।

खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकेको स्थानीयले बताएका छन् । भर्खर घोगा लाग्न लागेको मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले छाएको अर्का स्थानीय गणेश ऐरले जानकारी दिए ।

यहाँका दश ओटै स्थानीय तहमा जंगली जनावरले मकै लगायतका बालीनालीमा क्षती पुर्याउन थालेपछि किसानहरू खेतहरू बाझै राखेर पलायन हुन थालेका छन् ।

बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्