बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया

Image

बैतडी: बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिवार जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एकै दिन दुई ओटा हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।

५८ र ६८ वर्षीय दुई जना पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए ।

यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन। एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसंगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताए ।

आइतबार पनि एक ४० वर्षीय पुरुषको हर्नियाको शल्यक्रिया गरिने अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बैतडीमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशिल विकले जानकारी दिए ।

यस्तै शनिवार नै एक जनाको एपेन्डिसाइटिस पनि शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्