बैतडी: बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । बैतडीको नाचन्थली नजिक सडकमाथीबाट पहिरो खस्दा शनिवार बिहान ९ बजेदेखी अवरुद्ध बनेको राजमार्ग सुचारु भएको भएको हो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छ्याएपछि दिउँसो पौनी ३ बजेतिर बजेदेखी सडक पूर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
अहिले रोकीएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्





















