पाटन नगरपालिकाको लेखाशाखामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाको लेखाशाखामा तालाबन्दी गरिएको छ । उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमाआर्थिक  अमियमितता भएको भन्दै लेखा शाखामा तालाबन्दी गरिएको हो ।

उपप्रमुख बोहरासहितका ५ जना कार्यपालिका सदस्यहरूले आज अप्रान्ह ४ बजेको समयमा तालाबन्दी गरेका हुन् ।

आज नै कार्यपालिका बैठक राखिएको थियो । बैठकपनि बिना निष्कर्ष टुङ्गिएको छ ।
उपप्रमुख बोहराले कार्यपालिका बैठकमा प्रत्यक्ष प्रसारणको माग गर्दै आएका थिए ।

तालाबन्दी गरिएको विसयमा नगरप्रमुख गौरी सिंह रावललाई जानकारी गराएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्