बैतडीको सुर्नया गाउँपालिका–८ सेला स्थित गणेश आधारभुत विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । विद्यालय भवनमाथी खसेको पहिरोले भवनमा क्षति पुर्याएको शिक्षक प्रताप सिंह मडैले जानकारी दिए । छत पहिरोले पुरिएको र दुबै कोठामा लेदो भरिएकाले पठनपाठनमा समस्या भएको उनले बताए ।
यस्तै सुर्नया गाउँपालिका ७ को वडाकार्यालय भवन पहिरोको उच्च जोखीममा परेको छ । वडा कार्यालय भवन क्षति पुर्याउने जोखीम बढेपछि नजिकै रहेको भुवनेश्वर माविको खालि चौरमा सारीएको वडाअध्यक्ष भक्तबहादुर कुवँरले जानकारी दिए ।
यस्तै सुर्नया गाउँपालिका–७ को वडा कार्यालय भवन पहिरोको जोखीममा परेको छ। आँगनबाट पहिरो खसेपछि वडा कार्यालय भवन पहिरोको जोखीममा परेको वडाअध्यक्ष भक्तबहादुर कुवँरले बताए । वडा कार्यालयको आंगन अगाडीबाट खसेको पहिरोको कारण विद्यालयको चारकोठे भवन जोखिममा परेको विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरले बताए ।
माथिबाट खसेको पहिरोले विद्यालयका चारओटा कोठामा लेदो भरिएको शिक्षक कुँवरले बताए । पहिरोले कक्षाकोठामा केही क्षति पुगेको उनले बताए । पहिरो खसेपछि विद्यालय भवनका कोठाभित्र जानै मुस्किल भएको छ ।





















