वर्षासंगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-७ स्थित केदार माध्यमिक विद्यालयमा क्षति पुगेको छ । सोमवार राति देखिको अविरल वर्षाका कारण स्कुल नजिकैको गुन्याखोलाबाट खसेको पहिरोले केदार माध्यमिक विद्यालय कठमडामा क्षति पुगेको हो।
पहिरोले विद्यालयको दुई कोठे शौचालय र पानीको धारा भत्किएको स्थानीय राम बहादुर विष्टले जानकारी दिए । यस्तै विद्यालयको चार कोठे पक्की भवन पहिरोको उच्च जोखिममा परेको उनले बताए ।
खोलामा माथिबाट पहिरो खसिरहेकाले भवन जोखिममा परेको उनले बताए । माथिबाट पहिरो झर्ने खतरा बढेपछि त्रासको वातावरण सिर्जना भएर पठनपाठन समेत प्रभावित भएको विष्टले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्





















