बैतडीको सुर्नया गाउँपालिकामा देखीएको ठेउला रोगको बिषयमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले नमूना संकलन गरेको छ । विहीबार गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ठेउला रोगको संक्रमण देखीएका व्यक्तिहरुको नमूना संकलन गरेर लगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिए ।
केही दिन अघि देखी उक्त वडाहरुका एक दर्जन बढी व्यक्तिहरुमा ठेउला रोग देखीएको थियो । शरिरमा बिमीरा र पानीका फोकाहरु देखीने लक्षणहरु देखीएका थिए । ठेउला र दादुरा रोग संग सम्बन्धीत लक्षणहरु देखीएकाले नमूना संकलन गरि रोगका वास्तविक पहिचान गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
उक्त रोगको संक्रमण फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको गाउँपालिकाले जनाएको छ । ठेउला प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्यकर्मीकोट टोली परिचालन गरिएको उनले बताए ।
संक्रमण देखीएका व्यक्तिहरुबाट घाँटीको स्वाब र रगतको नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्नीसियन निरीक्षक जय सिंह बडालले जानकारी दिए । डब्लुएचओको टोलीले संकलन गरेको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला धनगढीमा परीक्षण गरिने उनले बताए ।





















