बैतडीको दोगडाकेदार-२ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

Image

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका-२ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । नियमित गर्भजाँच गरेको, वडाभित्र रहेका गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, नियमित स्वास्थ्य सेवा लिएको लगायतका सबै सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

यो संगै दोगडाकेदारका ८ ओटै वडाहरू पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेकाले छिटै पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने उनले बताए ।

मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान अन्तर्गत पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका र अब पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने उनले बताइन् ।

प्रतिक्रिया जनाउनुहाेस्