बैतडीमा मदन–आश्रित स्मृति दिवसको अवसरमा फलफूल वितरण

Image

बैतडीमा ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा फलफूल वितरण गरिएको छ ।  नेपाल खेलकुद महासंघ जिल्ला कमिटि बैतडीले स्मृति दिवसको अवसरमा बैतडी अस्पतालमा भर्ना भएका २१ जना बिरामीहरुलाई फलफूल वितरण गरेको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

फलफूल वितरण कार्यक्रममा अध्यक्ष चन्दका साथै कोषाध्यक्ष हेमा भट्ट लगायतको उपस्थिती रहेको थियो । ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्