बैतडी: बैतडीको पाटन नगरपालिका-८ लाई खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चित घोषणाका लागि निर्धारण गरिएका सबै सुचक पूरा भएपछि आइतबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
जन्मेदेखी १५ महिनामुनी ७० जना बालबालिका र १५ महिनादेखी ५ वर्ष मुनिका १७१ जना बालबालिका रहेका छन् ।उनीहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै पाएकाले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको सिद्देस्वर स्वास्थ्य चौकी खोड्पेका सिनियर अहेब जयराज भट्टले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरू वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो । वडाभित्रका बालबालिकाहरुले सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि ११ प्रकारका खोप दिने गरिएको छ ।
पाटन नगरपालिका ८ का वडाअध्यक्षको सभाध्यक्षतामा सुरू भएको कार्यक्रम स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि लगायत सरोकारवालाहरू उपस्थिति रहेको थियो ।




















