बैतडी- जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिंह भाट एमालेमै फर्किएका छन् । यसअघि २०७९ सालमा पाटन नगरपालिका- ९ मा माओवादी केन्द्र र काङ्ग्रेसको सयुक्त गठबन्धनबाट वडा सदस्यमा निर्वाचित भएका भाट एमालेमा फर्किएका हुन् ।
भाट त्यसअघि एमालेमै थिए । शनिबार पाटनमा सुरु भएको १० औं जिल्ला अधिवेशनमा स्वागत गरिएको हो । एमालेका जिल्ला इन्चार्ज लिलाधर भट्ट, अध्यक्ष नरेस बिक, उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायतका नेताहरूले स्वागत गरेका थिए ।
जिल्ला समन्वय समितीको सदस्यमा नेकपा माओवादी केन्द्रबाटप निर्वाचित भएका थिए ।
एमालेमा यसअघि पनि आफ्नो योगदान रहेको र अबपनी एमालेलाइ झनै ससक्त बनाउन आफ्नो भुमिका पूर्ण रूपमा रहने बताए ।
प्रतिक्रिया जनाउनुहाेस्





















