बझाङको बित्थडचिर गाउँपालिकामा प्रथम ‘जय नेपाल वडाअध्यक्ष कप २०८२’ क्रिकेट प्रतियोगिता हुने भएको छ । बित्थडचिर गाउपालिका–९ को आयोजनामा वैशाख १६ गतेदेखी खुुल्ला वडास्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो ।
सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कामय राख्दै युवाहरुको खेल प्रतिभा उजार गर्न प्रतियोगिता आयोजना गरिएको बित्थडचिर गाउँपालिका–९ वडाअध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र र ,द्वितीय टिमले नगद २५ हजार १ सय ५१ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष जोशीले बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान, फिनिसर तथा उदयमान खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ। प्रतियोगिताका लागि टिम दर्ता शुल्क ५ हजार तोकिएको छ, भने टिम दर्ताको अन्तिम मिति बैशाख १५ गतेसम्म रहेको छ। खेलमा टेनिस बल प्रयोग गरिने छ । सबै खेलहरु १२/१२ ओभरमा खेलाइने छ ।
प्रतियोगिता आइसिसिका नियमानुसार (LBW बाहेक) खेलाइनेछ । प्रतियोगिता सुनकुडा माध्यमिक विद्यालयमको खेलमैदानमा सञ्चालन गरिनेछ ।




















