बैतडीको शिवनाथमा निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

Image

बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । मंगलबार र बुधबार दुई दिन सञ्चालन भएको निशुल्क आँखा शल्यक्रिया शिविरमा ४ सय ५० जनाले सेवा लिएका छन् ।

१ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिंह महताले जानकारी दिए ।

१ सय १५ जनालाई निशुल्क चस्मा वितरण गरिएको उनले बताए । यस्तै शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमार्फत घरनिजकै आँखाको चेकजाँच तथा उपचार सेवा पाएपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । गाउँमै आँखाको समस्या भएका नागरिकहरुलाई उपचार सेवा प्रदान गर्ने उद्धेश्यले विभिन्न संघसंस्था संग सहकार्य गरेर शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्